२०८३ साउन ९ शनिबार

प्राइम कमर्सियल र एशियन लाईफबीच बैंकासुरेन्स सम्झौता

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
2.9K
Shares
प्राइम कमर्सियल र एशियन लाईफबीच बैंकासुरेन्स सम्झौता

७ जेठ, काठमाडौं । प्राइम कमर्सियल बैक लिमिटेड र एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा प्राइम कमर्सियलका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि बैंकासुरेन्सको माध्यमबाट बैकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अव एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कमर्सियलका नेपालभरिका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने छ ।

एशियन लाईफको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र समान्तसम्म यस कम्पनीको जीवन बीमा कोष रु.९ सय ४२ करोड, लगानी रु.९ सय ६ करोड तथा चुक्ता पुँजी रु.८० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij