ई–आर्थिक, नेपालगन्ज : नेपालगन्जमा झण्डै ५ किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ परेका छन् । बाँकेको नेपालगन्जमा न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।
सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठी बरामद गरेको छ ।