२०८३ साउन १४ बिहिबार

मर्चवारी गाउँपालिकाका तत्कालिन अध्यक्षविरुद्ध झण्डै १ करोडको भ्रष्टाचार मुद्दा

ई आर्थिक    बिहिबार, चैत्र ९ २०७९
4.8K
Shares
मर्चवारी गाउँपालिकाका तत्कालिन अध्यक्षविरुद्ध झण्डै १ करोडको भ्रष्टाचार मुद्दा

ई–आर्थिक, काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो जफत र जरिवाना असुल गर्ने माग दाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार २०७४ असार १४ गते स्थानीय निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बनियाले पदको दुरुपयोग गरेको देखिएको छ। बानियाँले २०७४ असार २१ गतेदेखि २०७८ फागुन ३० गतेसम्म पदको दुरुपयोग गरेको आरोप पत्रमा उल्लेख।

सो अवधिमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर र हार्वेस्टर बिक्री, कृषि आय, बीमा लगायतबाट प्राप्त आय ८४ लाख दश हजार ४५१ रुपियाँ देखिएको छ ।

तर, निजको खर्च भने एक करोड ७५ लाख ९६ हजार ९९४ अर्थात् आयभन्दा व्यय रकम बढी देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम आरोपित बनियामाथि गैरकानुनी रूपमा ९१ लाख ८६ हजार ५४३ रुपियाँ आर्जन भएको पुष्टि हुन आएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij