२०८३ साउन ९ शनिबार

हिमालयन र सिभिल बैंकलाई मर्जरको सैद्धान्तिक सहमति दिने तयारीमा राष्ट्र बैंक, चार लघुवित्तले पनि मर्जरको स्वीकृति पाउँदै

ई आर्थिक    सोमबार, साउन १६ २०७९
6.8K
Shares
हिमालयन र सिभिल बैंकलाई मर्जरको सैद्धान्तिक सहमति दिने तयारीमा राष्ट्र बैंक, चार लघुवित्तले पनि मर्जरको स्वीकृति पाउँदै

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकसहित आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको स्वीकृति दिने तयारी गरेको छ । केन्द्रीय बैंकले २ वाणिज्य बैंक र ४ वटा लघुवित्त संस्थालाई मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिन लागेको हो ।

अहिले राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी स्वीकृतिको पाइपलाइन १० वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । जसमध्ये ६ वटा वाणिज्य बैंक र ४ वटा लघुवित्त संस्थाहरु हुन् ।

पाइपलाइनमा रहेका संस्थाहरुमध्येबाट हिमालयन र सिभिललाई सैद्धान्तिक स्वीकृति दिन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्यसैगरी राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर तथा प्राप्तीको सैद्धान्तिक समहति दिन लागेको हो । यसरी सैद्धान्तिक सहमति प्राप्त गर्ने लघुवित्तमा सीवाइसी लघुवित्त र आँधीखोला लघुवित्त, र्मिमिरे लघुवित्त र बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आवश्यक सबै प्रक्रिया पुरा गरिसकेका ती वित्तीय संस्थालाई बोर्डले पास गर्ने वित्तीकै ती वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाले सैद्धान्तिक सहमति प्राप्त गर्नेछन् । राष्ट्र बैंक स्रोतका अनुसार ती सबै वित्तीय संस्थाले यसै साता सैद्धान्तिक स्वीकृति पाउँनेछन् ।

राष्ट्र बैंकले मर्जरको पाइपलाइनमा रहेका मेगा बैंक-नेपाल इन्भेष्टमेण्ट बैंक र बैंक अफ काठमाण्डू-ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकलाई राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति अघिल्लो साता नै दिएको हो ।

यसैबीचमा हिजोमात्रै प्रभु बैंक र सेन्चुरी बैंकले समान हैसियतमा मर्ज गर्ने सम्बन्धमा प्रारम्भीक संझौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij