ई–आर्थिक, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा विगतको विरासत उल्टाउँदै प्रमुख उपप्रमुखमै एमाले नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कालु लामा र उपमेयरमा एमालेकै मणिकादेवी दुलाल निर्वाचित भएका छन् । लामाले कांग्रेसका खग्रेन्द्र राईलाई ८ सय ५१ मतान्तरले पराजित गरेका हुन् । उनले ८ हजार ८ सय ६३ मत पाए भने कांग्रेसका राइले ८ हजार १२ मत पाए ।

उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५ सय ६६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७ सय ६० मत प्राप्त गरेकी छन ।
लामासँग पराजित राई चौदण्डीगढीका निवर्तमान प्रमुख हुन् भने दुलालसँग पराजित चौधरी पनि चौदण्डीगढी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् ।
१० वडामा को–को ?
१० वटा वडा रहेको चौदण्डीगढी नगरपालकामा एमालेबाट १, २, ४, ५, ७, ८, ९ र १० मा क्रमश सिताराम राई, हरिबहादुर खडका, लुंगराज राई, तुलसी ढकाल, केशव अधिकारी, भवनाथ कुमार मगर, प्रकाश राउत र धर्मेन्द्रकुमार खडका विजयी भएका छन् । नगरको ३ र ६ नम्वर वडाध्यक्षमा काग्रेसका पशुराम राई र अमरबहादुर खडका विजयी भएका छन् ।

