२०८३ साउन ९ शनिबार

साउदीमा दुई नेपाली युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

ई आर्थिक    सोमबार, बैशाख १८ २०७४
3.6K
Shares
साउदीमा दुई नेपाली युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

१८ वैशाख, काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ ।
यो खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या सिर्जना भएको छ ।

निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनीको व्यवस्था हुन नसके दुई युवाको ज्यानसमेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हार गुशार गरिरहेका छन् ।

साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला कम्पनीमा कार्यरत सार्खु ८ मकवानपुरका २७ बर्षीय दिनेश गोले र मध्यबिन्दु ४ नवलपरासी घर भई साउदीको दमामस्थित हसिन अल हार्बी कम्पनीमा कार्यरत ३६ बर्षीय थानेश्वर भुषालको मुद्दामा फैसला सुनाउँदै साउदीका छुट्टाछुट्टै अदालतले ब्लड मनी बुझाउन भनेका हुन् ।

भुषालको मुद्दामा दमामको अदालतले एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको हो । दिनेशलाई अदालतले तीन लाख रियाल (करिब ९० लाख रुपैयाँ) ब्लड मनी मागेको छ ।आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij