२०८३ साउन २० बुधबार

रैराङ र रिडी हाइड्रोपावर एकआपसमा गाभिने, रैराङ हाइड्रोको शेयर कारोबार रोक्का

ई आर्थिक    सोमबार, कार्तिक २२ २०७८
2.4K
Shares
रैराङ र रिडी हाइड्रोपावर एकआपसमा गाभिने, रैराङ हाइड्रोको शेयर कारोबार रोक्का

ई–आर्थिक, काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी गाभिने भएपछि आज सोमवार (कात्तिक २२ गते) देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिने भएको छ ।

दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी बमोजिम दुवै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रचलित कानुन बमोजिम दुबै कम्पनीको संयुक्त कारोबार सुरू नहुञ्जेलसम्मका लागि सेयर कारोबार रोक्का हुने भएको हो ।

एकआपसमा गाभिने प्रक्रिया टुंगिएपछि संयुक्त कारोबार सुरू भएसँगै पुनः कम्पनीको दोस्रो बजारमा कारोबार सुरु हुने ती कम्पनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij