२०८३ साउन २० बुधबार

ऋणले डुबेको एयर इन्डिया टाटा समूहले १८ हजार करोडमा खरीद ग¥यो

ई आर्थिक    शनिबार, असोज २३ २०७८
6.3K
Shares
ऋणले डुबेको एयर इन्डिया टाटा समूहले १८ हजार करोडमा खरीद ग¥यो

ई–आर्थिक, काठमाडौं । ऋणले टाट पल्टिएको एयर इन्डिया फेरि टाटा समूहले खरिद गरेको छ । भारतीय सरकारको स्वामित्वमा रहेको उक्त एयर टाटा समूहले खरिद गरेको हो ।

भारतको वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो । सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण भइसक्ने छ । तर स्वीकृत बोलपत्र अनुसार पाँच वर्षसम्म टाटा समूहले ब्रान्ड तथा लोगो परिवर्तन वा विक्री गर्न भने पाउने छैन ।

नागरिक उड्डयन सचिव राजीव बंशलका अनुसार टाटा समूहले एयर इन्डिया लिए पनि त्यहाँ कार्यरत १२ हजार जना कर्मचारीहरु भने एक वर्षसम्म काममै रहन पाउने छन् । त्यसपछि भने उनीहरुलाई टाटा समूहसँग स्वेच्छिक सेवा निवृत लिने विकल्प हुनेछ ।

टाटा समूहका अध्यक्ष रतन टाटाले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेरि एअर इन्डियालाई शसक्त बनाउने जिम्वेवारी आएको भन्दै उड्डयन क्षेत्रमा कम्पनीलाई चुनौतीसँगै सुनौलो अवसर आएको बताएका छन् ।

लिलामीमा सात ओटा कम्पनीले बोलपत्र पेस गरेका थिए जसमध्ये पाँच ओटा बोलपत्र खारेज भएका थिए भने अर्को बोलपत्र स्पाइस जेट कम्पनीको थियो । स्पाइस जेटले भने १५ हजार १०० करोड विड गरेको थियो । एयर इन्डियालाई गत अगस्ट ३१ सम्म कुल ६१ हजार ५६० करोड रुपया कर्जा थियो ।

अव टाटा सन्सले यसमध्ये १५ हजार ३०० करोड रुपया कर्जा तिर्नुपर्ने छ । निजीकरणको प्रक्रिया पूरा भएपछि बाँकी ४६ हजार २६२ करोड रुपया कर्जा एयर इन्डिया बेचेपछि सरकारसमक्ष रहनेछ । यो कर्जा एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ ।

एअर इन्डिया यसअघि पनि सन् १९३२ मा जेआरडी टाटाले टाटा एअरलाइन्सको नामबाट सञ्चालनमा ल्याएका थिए, जसले घरेलु उडानहरु गर्दथ्यो । विभिन्न आरोह अवरोह पार गरेको टाटा एअरलाइन्सलाई सन् १९४८ मा भारतीय सरकारले खरीद गरेको थियो । एअर इन्डियासँग हाल १२५ ओटा न्यारो बडी र वाइड बडी प्लेन रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij