२०८३ साउन २० बुधबार

साहस उर्जाको आईपीओ असोज ६ गतेदेखि

ई आर्थिक    मंगलबार, भाद्र २९ २०७८
8.6K
Shares
साहस उर्जाको आईपीओ असोज ६ गतेदेखि

ई–आर्थिक, काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ असोज ६ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ । यसरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो अवधिमा पूर्ण आवेदन नआए असोज २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लाग निर्माण अवधिको व्याज सहित रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । यस आयोजनाबाट २०७९ साल जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij