२०८३ साउन ९ शनिबार

अष्टाङ्ग आयुर्वेदले खोल्यो कलंकीमा ‘अष्टाङ्ग आयुर्वेद हस्पिटल’ (हेर्नुहोस् भव्य समुद्घाटनको यि तस्बिर)

ई आर्थिक    बुधबार, बैशाख ६ २०७४
68.9K
Shares
अष्टाङ्ग आयुर्वेदले खोल्यो कलंकीमा ‘अष्टाङ्ग आयुर्वेद हस्पिटल’ (हेर्नुहोस् भव्य समुद्घाटनको यि तस्बिर)

६ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रले कलंकीमा आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने आयुर्वेद हस्पिटल खोलेको छ । पछिलो समयमा आयुर्वेदिक उपचार दोस्रो बिकल्प बन्दै गएकोमा अष्टाङ्गले समयअनुरुप आफ्नो सेवा प्रभावकारी बनाउने उद्देश्यले सो हस्पिटल खोलेको हो ।

astanga2

अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को नाममा खोलिएको उक्त हस्पिटलको आज समुद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गर्नुभयो ।

astanga3

छोटो समयमै लोकप्रियता कमाएको अष्टाङ्गमा विशेषगरी एलोपेथिक उपचार पद्दतीबाट सम्भव नभएर थाकेका निराश रोगीहरु आउने गरेको र सबै उपचारबाट सन्तुष्ट रहेको अष्टाङ्ग आयुर्वेदको दावी छ ।

astanga4

हुन त पछील्लो समय आयुर्वेद उपचार गराउनेको संख्या बढिरहेको पनि तथ्यांकले देखाएको छ । त्यसमा पनि आयुर्वेद चिकित्साद्वारा आयुर्वेद उपचार पद्दतीमा विश्वस्नियता हासिल गरिसकेको अष्टाङ्ग आयुर्वेदले खोलेको सो हस्पिटलमा आज उपचार गर्न आउनेको भिड लागेको छ । हस्पिटल खोलेको आज पहिलो दिन केन्द्रले निशुल्क स्वास्थ्य परिक्षण उपलब्ध गराएको छ ।

astanga1

हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचार सँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, न्श्य, बमन, बिर्यचन), अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाहरु उपलब्ध छन्। हाल हस्पिटलमा दश वटा शैया छ भने योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा रहेका छन् ।

astanga5

आयुर्वेद हस्पिटलको समुद्घाटन कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आयुर्वेद क्षेत्रले सिङ्गो राष्ट्रकै अर्थतन्त्र हाँक्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ” आयुर्वेदको सर्वाङ्गिण विकास र अभ्यास गर्ने हो भने नेपाल धेरै हदसम्म स्वास्थ्यमा आत्मनिर्भर हुनसक्छ ।”

astanga9

उहाँले आयुर्वेद क्षेत्रमा अष्टाङ्ग आयुर्वेद उदाहरण बनेको बताउनु भयो ।

astanga7

त्यसैगरी अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रका सञ्चालक हृदयनारायण चौधरीले राज्यले आयुर्वेद उपचारलाई उपचार नै नठानको बताउनु भयो । उहाँले भन्नुभयो, “आयुर्वेद उपचार विधिलाई संरक्षण, प्रवद्र्धन र समयानुकूल विकास विस्तार गर्नपर्नेमा राज्यले नै बेवास्ता गर्दै आएको छ । सरकारको यस्तो असहयोगले आयुर्वेदिक क्षेत्र अप्ठ्यारोमा परेको छ। ”

साथै, आफ्नो गुणस्तरीय तथा प्रभावकारी सेवालाई निकट भविष्यमै इटहरीबाट पनि दिने तयारी गरेको सञ्चालक चौधरीले बताउनु भयो ।

astanga11

suchana

astanga6

chino

astanga8

astanga0

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij