२०८३ साउन १० आइतबार

स्वास्थ्य मन्त्री मेहताद्वारा राष्ट्रिय आयुर्वेद केन्द्रको अनुगमन

ई आर्थिक    आइतबार, साउन ३ २०८३
513
Shares
स्वास्थ्य मन्त्री मेहताद्वारा राष्ट्रिय आयुर्वेद केन्द्रको अनुगमन

काठमाडौं।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा उहाँले केन्द्रबाट प्रदान भइरहेका सेवा, पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गर्नुभएको छ।

उहाँले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्द्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको हो। यसबाट बढीभन्दा बढी नागरिकले केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

मन्त्रीले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

साथै, केन्द्र परिसरमा स्थानीय रूपमा पाइने हर्रो, बर्रो, बोजो लगायतका औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण तथा सहयोग मन्त्रालयले गर्ने बताउनु भएको छ।

उहाँले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा थप सुदृढ गर्दै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij