२०८३ साउन ९ शनिबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको किर्तिमानी कारोबार, लगानीकर्ता उत्साहित

ई आर्थिक    आइतबार, फाल्गुन २ २०७७
13.9K
Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको किर्तिमानी कारोबार, लगानीकर्ता उत्साहित

ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबारले किर्तिमानी भएको छ । ३०० को हाराहारीमा कारोबार हुने अनुमान लगाइएको यो बैंकको सेयर प्रतिकित्ता ३४० रुपैयाँमा सुरु भएको थियो । सुरुमा १० कित्ता शेयर खरिदबिक्री भएको थियो । सुरुमै राम्रो दरमा कारोबार भएपछि बैंकका लगानीकर्ताहरु उत्साहित भएका छन् ।

पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो । बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबारको पहिलो दिन बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बजार खुलेको ५ मिनेट भित्र नै यस बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बैंकको शेयर माघ ३० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो । बैंकको यो शेयर नेपाली पुँजीबजारमा हालसम्म कै ठुलो आईपिओ हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij