दुबईबाट नेपाल भित्रनै लाग्दा ३४ किलो सुनलाई प्रहरीले बरामद गरेको छ । सुनसँगै बाँकेका तीन जनालाई सीआईबीको टोलिले नियन्त्रणमा लिएको हो । बुधबार दुबईबाट काठमाडौं आएको एयर अरबियाको बिमानबाट उक्त सुन ल्याइएको थियो । सुन राखिएको लगेज सहित गोपालबहादुर शाही हिजो दुबईबाट नेपाल आएको थिए ।
विशेष सुचनाको आधारमा सीआईबीको टोलीले उक्त सुन बरामदका साथै तीनजनालाई पक्राउ गर्न सफल भएको छ ।
सुन लिएर आउने बाँकेका गोपालबहादुर शाहीका साथै दिलबहादु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
ठूलो परिमाणमा अबैधरुपमा भित्रिएको यो सुन आयत गर्ने मूख्य पात्रको बारेमा अनुसन्धान भइरहे पनि प्रहरीले जानकारी दिएको छ ।