२०८३ साउन ९ शनिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा ५ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढ्यो

ई आर्थिक    मंगलबार, असार १६ २०७७
9.7K
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा ५ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढ्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रूपैयाँ र डिजेलको ७८.७ रुपैयाँ पुगेको हो ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपाल आयल निगमले मूल्यमा बृद्धि गरेको जानकारी दिएको छ ।

निगमका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij