२०८३ साउन ९ शनिबार

दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०७७
7K
Shares
दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

ई–आर्थिक, काठमाडौं । केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ ।

उनले भने, ‘विभिन्न ठाउँबाट सङ्कलन गरिएका स्वाब प्रयोगशालामा बढ्दै गएकाले त्यसको निकास दिन त्यस्तो मेसिन ल्याउने निष्कर्षमा पुगेका छौँ ।’

अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ । त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ ।

नेपालभरि भएका सबै प्रयोगशालामा गरी एक दिनमा अधिकतम पाँच हजारको हाराहारीमा परीक्षण नतिजा आएको छ ।

कतिपय दिनमा त्यसको आधा मात्रै नमुना परीक्षण हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सबैभन्दा बढी परीक्षण हुने काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजारको हाराहारीमा परीक्षण हुने गरेको देखिन्छ ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार प्रयोगशालामा नमुना परीक्षण गर्न पालो कुर्नुपर्ने अवस्था आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहान ८ बजेदेखि मध्यरातसम्म परीक्षण भइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार छिट्टै २४ घण्टा परीक्षणको काम गर्ने तयारी भइरहेको विविसीको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij