२०८३ साउन १२ मंगलबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुग्यो, थप तीन जनामा सङ्क्रमण

ई आर्थिक    शनिबार, चैत्र २२ २०७६
5.6K
Shares
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुग्यो, थप तीन जनामा सङ्क्रमण

ई–आर्थिक, काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन् । कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिकी ३४ वर्षीया आफन्तमा पनि कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये एक व्यक्ति मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने अर्का व्यक्ति उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । तीमध्ये पहिलो पटक पुष्टि भएका व्यक्ति भने भाइरसमुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij