२०८३ साउन ९ शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनसहितको साधारणसभा जेठमा सर्‍यो

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
5K
Shares
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनसहितको साधारणसभा जेठमा सर्‍यो

ई–आर्थिक, काठमाडौं : निजीक्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनसहितको साधारणसभा जेठमा सारिएको छ । कोरोना भाइरस संक्रमणका त्रासका कारण सरकारले जारी गरेको निर्देशनको पालना गर्दै यही चैत २८ र २९ गर्ने भनिएको चुनाव स्थगित गरेर जेठमा सारिएको हो ।

बिहीबार बसेको महासंघको पदाधिकारीहरुको बैठकले कोरोना भाइरसको सम्भावित परिस्थितिबाट बच्न चुनाव आगामी जेठ ७ र ८ का लागि चुनाव सारेको हो ।

यसअघि महासंघको निर्वाचन सहितको साधारणसभालाई सार्ने या गर्ने भन्ने विषयमा अन्यौल परेको थियो । उक्त साधारणसभाको तयारी धेरै अगाडि बढाईसकेकाले महासंघ साधारणसभा गर्ने मनस्थितिमा रहेको थियो । सरकारको कडा निर्देशनसँगै सभा स्थगित गरिएको थियो ।

व्यापारीहरुको अर्को पुरानो र ठूलो छाता संस्था चेम्बर अफ कमर्स भने मास्क र सेनिटाइजर जस्ता सामाग्री वितरण गरेर सामाजिक काम गरिरहेको बेलामा महासंघले आलोचना सहने गरी रमाइलोमा भुल्न नहुने निष्कर्ष पनि यसअघि महासंघका केही पदाधिकारीले सुझाब दिएका थिए । ती पदाधिकारीले साधारणसभालाई दुई महिना पर सारेर आफूहरु पनि सामाजिक काममा लागेर सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने धारणा राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij