२०८३ साउन ११ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा कोभिड विरुद्धको खोप कार्यक्रम सम्पन्न

ई आर्थिक    शनिबार, भाद्र ५ २०७८
3.7K
Shares
नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा कोभिड विरुद्धको खोप कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकूमा आज उद्योगी व्यवसायीहरूका लागि कोभिड विरूद्धको खोप कार्यक्रम संचालन गरियो ।

महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा महासंघका सदस्य संघ संस्था आवद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो । उक्त कार्यक्रममा करिव ६ सय जनाले भेरोशिल खोप लगाएका छन् । सरकारको स्वास्थ्य मापदण्ड पुुरा गरी संचालन गरिएको खोप कार्यक्रम सांझ ४ बजेसम्म चलेको थियो ।

खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरन्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा शीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गर्नुभएको थियो ।

संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरूद्धको खोप उपलब्ध गराए जस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघले सम्बन्धित प्रदेश सरकारहरूसंग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij