१ चैत, काठमाडौं । एनआईसी एशिया बैङ्कले १५ प्रतिशत (१००ः१५) अनुपातमा हकप्रद शेयर निष्कासन गर्दै छ ।
बैङ्कको हकप्रद शेयर निष्कासन शुरू मिति चैत १६ गते र बन्द हुने मिति २०७४ साल वैशाख १९ गते रहेको छ । बैङ्ककोे शेयरधनीका लागि प्रतिशेयर १ सय अङ्कित दरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो ।
बैङ्कको चैत ६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीले शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । एनआइसी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
बैङ्कको हालको चुक्ता पूँजी रू. ५ अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९ सय ९८ दशमलव ४० रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू. ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४ सय ९८ पुग्नेछ ।