२०८३ साउन १२ मंगलबार

सीमा सुरक्षा बैठकमा कालापानी एजेण्डा बनेन

ई आर्थिक    शुक्रबार, मंसिर ६ २०७६
3.3K
Shares
सीमा सुरक्षा बैठकमा कालापानी एजेण्डा बनेन

ई–आर्थिक, काठमाडौं । पोखरामा सम्पन्न सीमा सुरक्षा बैठक मा बिबादमा आएको कालापानी क्षेत्रको एजेण्डा बनाइएन । एजेण्डा नै नभएकाले बिबादित क्षेत्रको कुरा पनि उठेन । नेपाल९भारत सीमा विवाद उत्कर्षमा पुगेको बेला भएको सीमा सुरक्षा बैठकमा यसले प्रबेश पाउने अनुमान थियो ।

बैठक नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) बिच भएको हो । नेपालमा सशस्त्र प्रहरीले सीमा सम्बन्धमा सुरक्षा प्रदान गर्दै आइरहेको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको थियो ।

छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भयो । विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाएन ।‘हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । त्यो विषय एजेण्डामै थिएन’, स्रोतले भन्यो ।

अहिलेको बिबाद राजनीतिक तहको भएकाले यसमा सुरक्षाको एउटा निकायले छलफल गर्न नसक्ने सशस्त्रका एक अधिकारी बताउँछन् ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय भएको छैन ।
टोली बिहीबारै काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको छ । टोली शनिबार भारत फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij