२०८३ साउन ९ शनिबार

‘नियमसंगत बनाइएको छाँयादेवी कम्प्लेक्सलाई अनावश्यक विवादमा तान्न खोजियो’

ई आर्थिक    मंगलबार, फाल्गुन ७ २०७५
8.1K
Shares
‘नियमसंगत बनाइएको छाँयादेवी कम्प्लेक्सलाई अनावश्यक विवादमा तान्न खोजियो’

ई–आर्थिक, काठमाडौं  । छाँयादेवी कम्प्लेसलाई अनावश्यक विवादमा तान्न खोजेको उक्त कम्प्लेक्सले जानकारी दिएको छ ।
सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी लिएको जग्गामा पूर्वाधार निर्माण गरेको कम्प्लेक्सका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए ।

छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको जग्गा ठमेल सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट अम्विका राणाको नाममा नामसारी रैतानीदर्ता भएको उनले जानकारी दिए ।

उक्त गुठीले अम्बिका राणासँग १ करोड ५० लाख नगद र ०–४–० क्षेत्रफल जग्गा लिई जिल्ला अदालत काठमाडौंमा मिलापत्र भएको अध्यक्ष पाँडेले बताए ।

उक्त जग्गामा केशर शम्शेरले पर्खाल लगाई आफ्नो कम्पाउण्ड भित्र परेकोले गुठीको जग्गा खिचोला गरेको भनी काठमाडौं जिल्ला अदालतमा फिराद परे पश्चात काठमाडौं जिल्ला अदालतबाट मिति २०३०/१/२५ मा खारेज गरेको उक्त फैसला उपर पुनरावेदन परी ३०३१ साल असोज २५ गते काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको र सो फैसला उपर पुनरावेदनको अनुमति पाईसकेपछि सम्मानित सर्वोच्च अदालतमा मिति २०३३/९/३ मा केयुर शम्शेर मोही भई भोग चलन गरी खान पाउने गरी भगवान गुठीतर्फबाट सम्पूर्ण दावी छोडी मिलापत्र भएको पनि विभिन्न अभिलेखहरुबाट देखिन्छ । नापी कार्यालयमा समेत सो जग्गा मोही केयुर शम्शेर ज.ब.रा.को कायम भएको देखिएको छ । अम्बिका राण स्व. केयुर शम्शेर ज.ब.रा.को हकदार श्रीमती हुन ।

सो जग्गा मध्येबाट २०३९/३/१० मा ०–६–० सुधा पौडेललाई र २–१०–० क्षेत्रफल विना पौडेललाई केयुर शम्शेर ज.ब.रा.ले राजिनामा गरी लिखित पारित तिरी दिई कित्ताकाट भएको पनि अभिलेखमा देखिएको छ ।

विभिन्न मितिमा अदालतिका साथै विभिन्न प्राविधिक तथा कानुनी प्रक्रियाहरु पुरा गरी संरचना निर्माण थालिएको पाँडेले जानकारी दिए । आफूसँग प्राप्त जग्गाधनी पूर्जाकै आधारमा आफूले कम्प्लेक्स तयार गरेको उनले वताए ।

नेपाल सरकारको मान्यता प्राप्त सबै निकायबाट अनुमति प्राप्त गरी बनाइएको छायाँ देवी कम्प्लेक्सलाई काठमाडौं महानगरपालिकाले २०६९ असोज ११ गते डि.पि.सी. निर्माणसम्मको नक्सा पास गर्न दिइएको महानगरपालिकाको अभिलेखले देखाएको छ । त्यसपछि क्रमशः विभिन्न मितिमा गरी महानगरपालिकाले स्थायी नक्सा, पास तल्ला थपको नक्सा पासका साथै २०७५ कात्तिक ८ गते भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो ।

यसरी बनाईएको यो सेन्टरलाई अनावश्यक विवादमा ल्याउन खोजिएको भन्दै सञ्चालकहरुले गुनासो समेत गरेका छन् । केही सञ्चारमाध्यममा कपोलकल्पित तथा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै सो समाचारको पछि सरोकारबाला सम्बन्धित सबैमा सञ्चालकहरुले अनुरोध गरेका छन् ।

ठूलो लगानी र नयाँ अवधारणा सहित आएको यो सेन्टरले ठमेलको मात्रै हैन देशकै सौन्दर्य बढाएको व्यवसायीहरुले बताएका छन् । यसको निर्माण सम्पन्नसँगै नेपालकै महत्वपूर्ण पर्यटकीय केन्द्र ठमेलको सौन्दर्यता थप बढेको ठमेलका पर्यटन व्यवसायी रोशन कार्कीले बताए । यसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न थप मद्दत पुगिरहेको उनको भनाई छ ।

छायाँदेबी कम्प्लेक्स प्रा.लि.ले तयार गरेको अत्याधुनिक सुविधा सम्पन्न सो कम्प्लेक्स अहिले छायाँ सेन्टरको नामबाट सञ्चालित छ । सेन्टरलाई प्रबद्र्धकहरुले ‘ठमेलभित्रको ठमेल’ का रुपमा प्रवद्र्धन गरेको अर्का एक सञ्चालकले जानकारी दिए । छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको ती सञ्चालकको भनाई छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरले जानकारी दिएको छ ।

यसका प्रबद्र्धकहरुले पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टरलाई स्थापित गरेका छन् । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहका छन् ।

करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निर्माण थालिएको थियो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरलाई अर्बौं लागतमा निर्माण गरिएको छ । उक्त कम्प्लेक्समा २३० वटा पसल युनिट, एउटा ७ सय जना अट्ने हल, मिटिङ रुम, फुट कोर्ट, तीनवटा सिनेमा हल रहेको छ ।

कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ । नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा स्थापना भएको छाँया सेन्टर गएको पुस महिनादेखि सञ्चालनमा आएको थियो ।

सो सेन्टरमा ‘अलफ्ट काठमाडौं ठमेल’ नामको पाँचतारे होटल समेत निर्माणाधिन अवस्थामा रहेको छ । अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल स्टारउडको अलफ्ट ब्राण्डबाट निर्माण हुने सो होटल निर्माणको लागि छायाँ सेन्टर र अलफ्ट बिजनेश होटलबीच दुइपक्षिय सम्झौता सम्पन्न भई धमाधम काम भइरहेको र ६० प्रतिशत बढी काम समेत सम्पन्न भइसकेको छाँया सेन्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij