२०८३ साउन १० आइतबार

नेपाल इनभेष्टमेण्ट बैंक ३०औ वर्षमा

ई आर्थिक    आइतबार, फाल्गुन १५ २०७३
6.5K
Shares
नेपाल इनभेष्टमेण्ट बैंक ३०औ वर्षमा

१५ फागुन, काठमाडौं । सन् १९८६ मा स्थापना भएको नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड ३०औ वर्षमा प्रबेश गरेको छ । बैंकले हालै मात्र लन्डनको फाइनान्सियल टाइम्सबाट पाँचौं पटक ‘बैंक अफ द इयर’को अन्तरराष्ट्रिय पुरस्कार पाएको थियो । यसरी पाँचौं पटकसम्म अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गर्ने यो नेपालको पहिलो बैंक हो ।

बैंकले हालसम्म ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४६ वटा शाखाहरु तथा ४७ वटा शाखा रहित बैंकिङ सुविधाहरूबाट सेवा मार्फत सेवाहरु दिदै आएको छ । बैंकको ८३ वटा ए.टी.एमहरु संचालनमा रहेका छन जुनबाट ५ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताहरुले दैनिक सेवा लिरहेका छन्।

गत आर्थिक वर्ष २०७२७३मा बैंकले ४ अर्ब १४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको १८ अर्ब रुपैयाभन्दा बढी थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड बढी रुपैयाँ छ ।कुल पुँजी १६ अर्ब ३० करोड रुपैयाँ रहेको नेपाल इन्भेस्टमेन्ट बैंक निजी बैंकहरूमध्ये सर्वाधिक पुँजी भएको बैंक हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij