२०८३ साउन ९ शनिबार

  एनएमबि बैंकको तलब खाताको उत्साहजनक सहभागीता

ई आर्थिक    मंगलबार, भाद्र २६ २०७५
1.9K
Shares
  एनएमबि बैंकको तलब खाताको उत्साहजनक सहभागीता

काठमाडौं । तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरी ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ । ७ प्रतिशतसम्म उच्च ब्याज दर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु निःशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो । यस कार्डबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।

‘नेपाल सरकारको ‘हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै सर्वश्रेष्ठ सुविधाहरु सम्पन्न तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो । एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिव्रिmयाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु  बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं’ एनएमबिले जनाएको छ ।

बैंकले एनएमबि मार्फत प्रदान गरेको छ । एनएमबि तलब खाता देशको दीगो अर्थतन्त्रका खातिर योगदान पु¥याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान भएको  बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij