२०८३ साउन ९ शनिबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्स बीचसम्झौता

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०७५
11.6K
Shares
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्स बीचसम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बंैकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगत एनसिसि बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु एनसिसि बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij