सविन शर्मा, काठमाडौं । अत्यधिक गर्मी, लामो खडेरी र उच्च वेगको हावाहुरीका कारण दिनहुँ देशका विभिन्न भागमा सयौंको संख्यामा डढेलो लागेको तथ्यांक आएको छ । यस वर्ष मात्र डढेलो नियन्त्रणका क्रममा १० जनाको मृत्यु भइसकेको छ ।

नेपालमा फागुनदेखि जेठसम्म डढेलो बढी लाग्ने गर्छ । यो चैतमा लागेको डढेलो २०६४ यताकै सबैभन्दा बढी हो । चुरे, तराई तथा मध्यपहाडी जिल्लाका वनमा लागेको डढेलो रोकिन सकेको छैन । त्यसका लागि सम्बन्धित निकायले उचित पहलसमेत गरेको देखिँदैन ।

८ चैतमा मुलुकका २७ जिल्लाका ८३ वन क्षेत्रमा डढेलो लागेको थियो । यस्तै, १० चैतमा ८ वर्षयताकै सबैभन्दा बढी ३४ जिल्लाका १५९ वनमा डढेलो लागेको थियो । यसैगरी, गत सोमबार ३० जिल्लाका ७५ स्थानमा डढेलो लागेको तथ्यांक नासाले सार्वजनिक गरेको छ ।

यस वर्ष डढेलो नियन्त्रण गर्ने क्रममा १० जनाको निधन र १० जना सख्त घाइते भएका छन् । तथ्यांकअनुसार १२ वैशाख २०६६ मा एकैदिन ३५८ स्थानमा डढेलो लागेको थियो । ८ वर्षयताको तथ्यांक हेर्दा एकैदिन लागेको डढेलोमा ८ चैतको डढेलो अहिलेसम्मकै दोस्रो हो १३ वैशाख २०६५ मा एकै दिन १५५ स्थानमा डढेलो लागेको थियो । यस्तै, १३ वैशाख २०६७ मा एकैदिन ८४ स्थानमा डढेलो लागेको थियो भने ९ वैशाख २०६८ मा एकै दिन १५७ स्थानमा डढेलो लागेको थियो ।

राष्ट्रिय र सामुदायिक वनमा डढेलोले विकराल रूप लिए पनि नेपालमा डढेलो नियन्त्रण गर्ने प्रविधि विकास भएको छैन । सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकले सचेतना कार्यक्रम भए पनि डढेलो नियन्त्रणको उपाय नबनेको बताइन् ।

पाठकले भनिन्, ‘यसबारे बृहत् सचेतना अभियानका साथै जनस्तरमा क्षमता अभिवृद्धिको खाँचो छ ।’ केही वर्षदेखि डढेलो विकराल समस्या बन्दै गएपछि वन मन्त्रालयले आगामी आर्थिक वर्षदेखि बजेटमै डढेलो नियन्त्रणका लागि छुट्टै कार्यक्रम र बजेट विनियोजनको तयारी गरेको छ ।

नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले नासाको तथ्यांकलाई आधार मानी मुलुकभर डढेलोको घटना बढी भएको जनाएको छ । उसले गत पुस र माघदेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । त्यसअनुसार गत १ देखि ८ पुससम्मको अवधिमा नेपालमा मात्र ७०१ वटा डढेलोका घटना भए । औसतमा प्रति २४ घण्टा करिब ४७ ठाउँमा डढेलो लागेको देखिन्छ । राजधानीबाट