काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालाहरुलाई निःशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ ।
उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार (खरिद÷बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् ।

यस कम्पनीले हालसम्म १,१४,९०० आफ्ना ग्राहकवर्गहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
ती ग्राहकलाई लाभान्वित तुल्याउन कम्पनीले विभिन्न ग्राहकमूखि सेवाहरु थप गर्दै लगेको छ ।