२०८३ साउन ९ शनिबार

पहिलो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गरिदै

ई आर्थिक    शुक्रबार, मंसिर ८ २०७४
1.9K
Shares
पहिलो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गरिदै

मंसिर ८, २०७४, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि आज मतदाता परिचयपत्र वितरण गरिदैछ । निर्वाचन आयोगले ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि आज मतदाता परिचयपत्र वितरण गरिने जानकारी दिएको छ ।

परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसंगै गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् । निर्वाचनका लागि मौन अवधी शुरु भईसकेको छ । सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रबक्ता ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचनका लागि शुरु भएको मौन अवधीमा समाचार माध्यमबाट प्रकाशान तथा प्रशारण गरिने समाचार जन्य सामाग्रीबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा आचारसंहिता विपरितका कुनैपनि प्रकारका सामाग्री प्रकाशन प्रशारण नगर्न आयोगले आग्रह गरेको छ ।

यसैबीच दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा दल र तिनका उम्मेदवारले भने प्रचार गर्न पाउने व्यवस्थालाई भने आयोगले खुल्लै राखेको छ । अर्को चरणमा हुने निर्वाचनमा पनि २१ गतेका हुने निर्वाचनको ४ दिन अगाडि भने यही व्यवस्था लागू हुने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij