२०८३ साउन ९ शनिबार

‘पर्यटक उम्मेदवार’ भनेपछि आरजूले घरै किनिन्, तीन करोड रुपैयाँमा खरिद गरेको घर नामसारी भने बाँकी

ई आर्थिक    बिहिबार, कार्तिक २३ २०७४
2.1K
Shares
‘पर्यटक उम्मेदवार’ भनेपछि आरजूले घरै किनिन्, तीन करोड रुपैयाँमा खरिद गरेको घर नामसारी भने बाँकी

तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइन, उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताउँदै आएकी थिइन् । उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् ।
घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् ।

कांग्रेस उम्मेदवार आरजू राणा देउवा धनगढीमा नयाँ घर खरिद गरी सरिसके पनि नामसारी भने भएको छैन

उनको घर मुख्य बजार र पक्की सडकबाट झन्डै तीन सय मिटर आवासीय क्षेत्रमा पर्छ । त्यहाँ जानका लागि तीन सय मिटरजति कच्ची सडक हिँड्नुपर्छ । तर, बुधबारदखि नै मुख्य सडकबाट उत्तरतिरको सडकमा ग्राभेल हालेर पक्की बनाउने तयारी थालेको स्थानीयले बताएका छन् । उक्त सडकको एउटा खण्ड अहिले सघन शहरी विकास आयोजनाबाट पक्कि हुने टेन्टरमा परेको छ । असारमै ठेक्का भएको सडक आरजुले घर किन्ने वित्तिकै पक्की हुन सुरु भएको स्थानीयले बताएका छन् ।

धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेको क्षेत्रसमेत हो । देउवा त्यस बेला डडेलधुरा र तत्कालीन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । यसपटक कैलालीमा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन् । नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij