२०८३ साउन ९ शनिबार

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश प्रस्ताव : १० प्रतिशत बोनसको साथमा १६.३२ प्रतिशत नगद लाभांश

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
2.7K
Shares
लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश प्रस्ताव : १० प्रतिशत बोनसको साथमा १६.३२ प्रतिशत नगद लाभांश

२८ भदौ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट २६.३२ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको थियो । गतबर्ष शतप्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी २४ करोड २० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij