२०८३ साउन ९ शनिबार

रोकिएन सुन तस्करी : नेपालको इतिहासमै पहिलोपटक समातियो ८८ किलो सुन

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
3.7K
Shares
रोकिएन सुन तस्करी : नेपालको इतिहासमै पहिलोपटक समातियो ८८ किलो सुन

१९ भदौ, काठमाडौं । काठमाडौं प्रहरीले नेपालको इतिहासमै पहिलोपटक सबैभन्दा बढी सुन बरामद गरेको छ ।

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । प्रहरीले सुनसहित मनोज अधिकारी नामका ड्राईभरलाई पक्राउ गरेको छ । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो । प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

केही दिनअघिमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै भित्रिएको २२ किलो सुनमध्ये १५ किलो सुन पक्राउ गरेको थियो ।

गत बुधबार सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको सामाखुसीस्थित कोठामा छापा मार्दा १४ किलो सुन फेला पारेको थियो ।

त्यस्तै धुनषाबाट थप एक किलो सुन समेत बरामद भएको थियो । तस्करीमा संलग्न पेम्बासहित काठमाडौंबाट तीन र धनुषाबाट ४ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने पेम्बासहित अन्यमा भक्तपुर सूर्यबिनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री र रबिन खत्री, काठमाडौंको नयाँ बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, धनुषाको जनकपुर महानगरपालिका वडा नम्बर ७ का दीपक कुमार शाह रहेका छन् । प्रहरीले अवैध सुन तस्करीको मुख्य नाइके पेम्बा नै भएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij