२०८३ साउन ९ शनिबार

धितोपत्र बोर्डले पहिलो पटक सार्बजनिक गर्यो बार्षिक कार्यक्रम

ई आर्थिक    शुक्रबार, भाद्र १६ २०७४
3.8K
Shares
धितोपत्र बोर्डले पहिलो पटक सार्बजनिक गर्यो बार्षिक कार्यक्रम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले बिहीवार पत्रकार सम्मेलन गरी आव २०७४/७५ को प्रमुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले आगामी योजनामा सूचीकृत संगठित संस्थाका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिका बनाई लागू गर्ने, बढ्दो अर्थतन्त्र र पूँजीबजारको विस्तारलाई धान्न सक्नेगरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा सहजीकरण, धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्नेसम्बन्धी अध्ययन गर्न समिति गठन गरेको छ ।

यसै परिप्रेक्ष्यमा आवश्यक कार्यविधि बनाउने, दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं (प्यान)लाई आव २०७५÷७६ देखि अनिवार्य गर्न आवश्यक नीतिगत व्यवस्था गर्नेलगायत समेटेको छ ।

साथै, बोर्डले यस वर्ष रजतजयन्ती मनाउनेसमेत कार्ययोजनामा समावेश छ । सो अवसरमा बोर्डले पूँजीबजार प्रदर्शनी आयोजना, धितोपत्र बजारसम्बन्धी अन्तरराष्ट्रिय सेमिनार आयोजना, सेबोन जर्नल प्रकाशन र रू. ५० हजार रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij