२०८३ साउन २८ बिहिबार

यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णयहरु

ई आर्थिक    मंगलबार, साउन २६ २०८३
741
Shares
यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णयहरु

काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को  साउन २६ गते बसेको बैठकले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा कर छुटदेखि एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्नेसम्मका पाँच महत्वपूर्ण निर्णय गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय भएको जानकारी दिए।

सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। निर्णयअनुसार सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गनेश कुमार यादवलाई सहिद घोषणा गरिएको प्रवक्ता पोखरेलले बताए।

त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। यससँगै नेपालमा पोर्चुगलको कन्सुलर सेवा सञ्चालनका लागि थप औपचारिक बाटो खुलेको छ।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij