२०८३ भाद्र २७ शनिबार

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत माओमिङको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

ई आर्थिक    सोमबार, साउन २५ २०८३
1K
Shares
प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत माओमिङको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चीनका राजदूत झाङ माओमिङसंग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले  नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता  गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको हो ।

भेटमा  प्रधानमन्त्री शाहले  चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।

राजदुत  माओमिङले पनि सम्माननीय प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij