२०८३ भाद्र २७ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी सुन्छौँ’ अभियान सुरु

ई आर्थिक    सोमबार, साउन २५ २०८३
1K
Shares
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी सुन्छौँ’ अभियान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आफ्नो केन्द्रीय कार्यालय ‘घण्टीघर’मा ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ।

नागरिकका गुनासा, समस्या तथा अमूल्य सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने र ती समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत आज रास्वपाका केन्द्रीय सदस्य अंकित कुमार यादव र प्रतिनिधिसभा सदस्य डा. अंकिता ठाकुरको उपस्थितिमा नागरिकका गुनासा तथा सुझावहरू सुन्ने कार्यक्रम भइरहेको छ।

रास्वपाले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या तथा सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij