२०८३ साउन २० बुधबार

बेलायत पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

ई आर्थिक    बुधबार, साउन २० २०८३
494
Shares
बेलायत पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

काठमाडौं। ठगी अभियोगमा धनुषा जनकनन्दिनी गाउँपालिका-२ का रिजवान शेष पक्राउ परेका छन्।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ। पीडितको उजुरीका आधारमा काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरिएको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij