३० साउन, काठमाडौं। हिमालयन बैंकले आर्थिक बर्ष २०७३—०७४ को असार मसान्तसम्म दुुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ८३ करोड ५९ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी छ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको बैंकले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ९२ अर्ब ८८ करोड ११ लाख १४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७७ अर्ब ६५ करोड ४९ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
घरजग्गा क्षेत्रमा तीन अर्ब ४८ करोड १७ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा तीन अर्ब ७६ करोड ३४ लाख आठ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
प्रोभिजन रकम ८१ करोड ७३ लाख २७ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा राईट व्याक मार्फत ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ प्राप्त गरेको छ । बैंकको निष्क्रिय कर्जाको अनुुपात शुन्य दसमलव ८७ प्रतिशत रहेको छ ।