२०८३ साउन ९ शनिबार

सप्तरीमा छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

ई आर्थिक    बिहिबार, साउन २६ २०७४
1.9K
Shares
सप्तरीमा छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

२६ साउन, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स८प १३९३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका–५ बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक सशस्त्र प्रहरीको दरबन्दी कहाँ रहेको छ भन्ने खुल्न नसकेको र ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिइएकोे कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीकै सुरुगा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा ना३ख १६२९ नंको सुनौलो बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत स्थानीय धर्म शाहकी छ वर्षीया छोरी निश्चल शाहको मृत्यु भएको प्रनाउ यादवराज उप्रेतीले बताए । उक्त बसले विद्यार्थी लिएर विद्यालय आउने क्रममा ती बालिकालाई ठक्कर दिएको थियो ।

यता ठक्कर दिने बस र चालकलाई कडोरवना इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij