२०८३ साउन ९ शनिबार

राजधानीभित्रकै अस्पतालले बालकलाई खुवायो म्याद गुज्रेको औषधि, अवस्था गम्भीर

ई आर्थिक    मंगलबार, साउन २४ २०७४
4.6K
Shares
राजधानीभित्रकै अस्पतालले बालकलाई खुवायो म्याद गुज्रेको औषधि, अवस्था गम्भीर

२४ साउन, काठमाडौं । राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो। आइतबार बेलुकी नौ बजे फार्मेसीले दिएको औषधिको म्याद नहेरी चिकित्सकले समेत बिरामी बालकमाथि प्रयोग गरे। झापाका ५ वर्षीय आरुष सुवेदीलाई म्याद गुज्रेको औषधि चलाउँदा उनको अवस्था गम्भीर बनेको हो।

बालककी आमा सुनिता सुवेदीका अनुसार आरुष एक सातादेखि मेडिकल कलेजमै भर्ना भई उपचाररत छन्। ‘डाक्टरले औषधि लेखिदिनेबित्तिकै किन्न गएँ तर फार्मेसीले म्याद गुज्रिएको औषधि दिएछ,’ सुवेदीले भनिन्, ‘तनावमा हुने भएकाले बिरामीका आफन्तको ध्यान म्याद हेर्नेतर्फ पुग्दैन, मेरो पनि पुगेन। तर डाक्टरले म्यादै नहेरि चलाइदिए।’ बालकको अवस्था गम्भीर भएपछि आक्रोशित आफन्तले सोमबार अस्पतालमा तोडफोड गरेका छन्। आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij