काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा संस्थापन समूहले उक्त कारबाहीको प्रस्ताव प्रस्तुत गरेको थियो।
बैठकले विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूलाई पनि आफ्नो जिम्मेवारी र भूमिकामा फर्किन निर्देशन दिएको छ।
यस निर्णयपछि पार्टीभित्रको नेतृत्व विवाद र आन्तरिक मतभेद अझै स्पष्ट देखिन थालेको छ।