काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने उद्देश्यले बनेको नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ शुक्रबार जारी गरेका छन् ।
राष्ट्रिपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको जानकारी दिए ।
यस अध्यादेशमार्फत नेपाल विशेष सेवा ऐनमा आवश्यक संशोधन गरी कानूनलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको बताइएको छ।
