२०८३ असोज ३ शनिबार

डेढकिलो सुन र लाखौं रुपैयाँसहित भारतीय नागरिक पक्राउ

ई आर्थिक    शनिबार, असोज ३ २०८३
95
Shares
डेढकिलो सुन र लाखौं रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौँको असनस्थित भेडासिंहबाट प्रहरीले झण्डै डेढ किलो सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको कोलकाता घर भई हाल काठमाडौँ महानगरपालिका–२६, भेडासिंहमा बस्दै आएका ४१ वर्षीय मानिक दास रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध रूपमा बिक्रीका लागि सुनचाँदीका गरगहना भण्डारण गरिएको सूचनाका आधारमा दासको बसोबास रहेको स्थानमा छापा मारेको थियो।

प्रहरीका अनुसार घरको माथिल्लो तलाबाट १ किलो ४८२.८१ ग्राम सुनका गरगहना बरामद गरिएको छ। साथै, दासको साथबाट ७ लाख ५६ हजार रुपैयाँ नगद समेत बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो।

बरामद सुनका गरगहना तथा नगदबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij