२०८३ असोज ३ शनिबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ई आर्थिक    शनिबार, असोज ३ २०८३
152
Shares
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १० पैसा र बिक्रीदर १५३ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८३ पैसा र बिक्रीदर १७६ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ६९ पैसा र बिक्रीदर २०५ रुपियाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ६५ पैसा र बिक्रीदर १८६ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।

अस्ट्रलियन डलर एकको खरिददर १०९ रुपियाँ ०८ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३७ पैसा र बिक्रीदर १०९ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८५ पैसा र बिक्रीदर १२० रुपियाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६९ पैसा र बिक्रीदर ४१ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०४ पैसा र बिक्रीदर ११ रुपियाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५२ पैसा र बिक्रीदर २३ रुपियाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ १३ पैसा र बिक्रीदर ५०० रुपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ११ पैसा बिक्रीदर ४०७ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपियाँ २२ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij