२०८३ असोज ३ शनिबार

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णयहरु

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८२
3.3K
Shares
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णयहरु

ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ ।

मंगलबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद्ले गरेका १७ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

एमसीए नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्ये रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ पर्ने करिब १ हजार ३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको  प्रवक्ता खरलले जानकारी दिए ।

साथै सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने  निर्णय गरेको छ ।

त्यस्तै  स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह ) डा. टंक प्रसाद बारकोटीले दिएकाे भएको राजीनामा स्वीकृत गरेको उनले बताए ।

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्ण, धनुषालाई मधेस प्रदेशको प्रमुखमा नियुक्ति गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने Nepal-India Coordination Meeting को ९ औं बैठकमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको प्रवक्ता खरलले जानकारी दिए ।

यस्ता छन् अन्य निर्णयहरु

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij