काठमाडौं। सरकारले आजै चार नयाँ मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्।
शपथ ग्रहणपछि सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् भने गणपति लाल श्रेष्ठले भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछन्। खगेन्द्र सुनारले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गर्नेछन्।
राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ।