ई-आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीसहित सबै राजनीतिक दललाई राष्ट्रपति कार्यालय, शीतल निवासमा बोलाएका छन्।
प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँग बिहीबार भएको छलफलपछि राष्ट्रपति पौडेलले दलहरूसँग निर्वाचनको वातावरण निर्माणबारे सुझाव लिन बैठक आह्वान गरेका हुन्।
फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई सफल बनाउन राष्ट्रपति सक्रिय भएका हुन्।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको निर्दलीय सरकारपछि राष्ट्रपति पहिलो पटक सबै दलसँग सामूहिक संवाद गर्दै छन्।