२०८३ साउन ९ शनिबार

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत, मंसिर १ देखि दल दर्ता सुरु हुने

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
2.4K
Shares
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत, मंसिर १ देखि दल दर्ता सुरु हुने

ई-आर्थिक, काठमाडौं ।  निर्वाचन आयोग, नेपालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक कार्यहरू सञ्चालन गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।

निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया सञ्चालन हुनेछ। कानुनअनुसार आयोगमा पहिले नै दर्ता रहेका दलहरू मात्र निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन्, र सोका लागि मंसिर ३० गतेअगावै दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ।

पहिलो-पहिलो जित्ने प्रणाली  अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। चुनाव प्रचार फागुन ३ देखि १८ गतेसम्म गर्न पाइनेछ भने त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहनेछ।

निर्वाचन आयोगले जानकारी गराएअनुसार मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। दुवै प्रणालीका मतपेटिका संकलनपछि मतगणना प्रक्रिया सुरु गरिनेछ।

समानुपातिक प्रणाली अन्तर्गत मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने पौष १८ र १९ गते बन्दसूची (closed list) पेश गर्ने समय निर्धारण गरिएको छ।

निर्वाचन कार्यतालिका स्वीकृत भएसँगै आयोगले राजनीतिक दलहरू र सरोकारवालासँग नियमित छलफल र परामर्श गरी समन्वय गर्दै जाने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij