२०८३ साउन ९ शनिबार

“जेन-जीका मागहरू यस्ता आए: संसद विघटनदेखि नयाँ संविधानसम्म”

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
3.2K
Shares
“जेन-जीका मागहरू यस्ता आए: संसद विघटनदेखि नयाँ संविधानसम्म”

ई- आर्थिक, काठमाडौं ।  सामाजिक सञ्जालमा आधारित अनलाइन मिटिङमा ७,८०० जना जेन-जी पुस्ताका युवाहरू सहभागी भई दुई घण्टा लामो छलफल सम्पन्न गरेका छन्। छलफलमा देशको राजनीतिक, प्रशासनिक, संवैधानिक र सामाजिक विषयहरूमा गम्भीर मागहरू प्रस्तुत गरिएको छ। उनीहरूले प्रस्तुत गरेका मागहरू यस्ता छन्:

* संसद तत्काल विघटन गरियोस्।
* सुसिला कार्की वा बालेन शाहलाई कार्यकारी प्रधानमन्त्री नियुक्त गरियोस्।
* नरसंहार मच्चाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत संलग्न सबैलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गरियोस्।
* जेन-जेड पुस्तालाई समेत समेटेर ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गरियोस्।
* २०४६ सालदेखि हालसम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरियोस्।
* भ्रष्टाचारका सबै काण्डहरूको स्वतन्त्र र न्यायिक छानबिन तथा कारबाही गरियोस्।
* दुई महिनाभित्र नयाँ संविधान जारी गरियोस्।
* नेपाललाई हिन्दू राष्ट्र घोषणा गरियोस्।
* प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरियोस्।
* सांसदहरूले मन्त्री बन्न नपाउने व्यवस्था गरियोस्।
* प्रदेश संरचना पूर्ण रूपमा खारेज गरी संघ र स्थानीय तह मात्र राखिने व्यवस्था गरियोस्।
* प्रधानमन्त्रीले दुई कार्यकालभन्दा बढी पद धारण गर्न नपाउने व्यवस्था गरियोस्।
* अख्तियार, न्यायालयलगायत संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेज गरियोस्।
* संवैधानिक निकायहरूमा मेरिटका आधारमा नयाँ नियुक्ति गरियोस्।
* राष्ट्रिय सभा गैरदलीय बनाइयोस्।
* स्थानीय तहहरू गैरदलीय बनाइयोस्।
* पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी र सरकारी कर्मचारीहरूको दलीय संगठनमा संलग्नता निषेध गरियोस्।

जेनजीले जारी अन्तिरमा अधिकार संरचना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij