१८ असार, काठमाडौं । गुडविल फाईनान्सले आज आईतबारबाट २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ ।
फाईनान्सले चुक्ता पुंजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ मध्येबाट १० बराबर ६ को अनुुपातमा २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
असार १ गतेसम्म कायम भएका शेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनसक्नेछन् । फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
हकप्रदमा लगानीकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, गुडविल फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसार काठमाडौं, त्यस्तै शाखा कार्यालय डिल्लीबजार काठमाडौं, इन्द्रचोक काठमाडौं, तौमदी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, बिर्तामोड झापा, बाँके नेपागगञ्ज, घोराही दाङ, प्रकाशपथ इलाम र फिदिम मेनरोड फिदिमबाट आवेदन दिन सकिन्छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय, वीरगञ्ज, विराटनगर, चिप्लेढुँगा पोखरा, बुटबल र धनगढीबाट पनि आवेदन दिनसकिने कम्पनीले जानकारी दिएको छ ।
हाल ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्री पश्चात पूँजी ७२ करोड ६० लाख हुनेछ ।