२०८३ साउन ९ शनिबार

सुनको मूल्यमा एतिहासिक रेकर्ड कायम, तोलामा ३६ सयले बढ्यो

ई आर्थिक    बिहिबार, बैशाख ४ २०८२
4.8K
Shares
सुनको मूल्यमा एतिहासिक रेकर्ड कायम, तोलामा ३६ सयले बढ्यो

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धी भएको छ । बजारमा सुनको मूल्यमा उतारचढाव भैरहदा आज सुनले  नयाँ एतिहासिक रेकर्ड बनाएको छ । बुधबारको रेकर्डलाई तोड्दै सुन तोलमा ३ हजार ६०० ले बृद्धी भएको हो ।

मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेको आज ३६ सयले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो। ।

आज  छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। बुधबार यस्तो सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार महासंघले जनायो ।   बैशाख २ गते सुन सुनको मूल्यम प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस अघि गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।

आज  चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

बजारमा सुनको मूल्य बढेको हिसावमा छिट्टै २ लाख भन्दा माथि जाने व्यवसायीहरु बताउछन् । विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य बढेको हो ।

त्यस्तै  अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको  छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij