ई–आर्थिक, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको करिब दुई वर्ष भयो । अर्थात २०७९ भदौदेखि यो माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको हो । दुरदराजका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पु¥याउने उद्देश्यले यो माइक्रो इन्स्योरेन्सको स्थापना भएको हो ।
माइक्रो इन्स्योरेन्सतर्फ नेपालमा सञ्चालन अनुमतिपत्र प्राप्त गर्ने यो पहिलो निर्जीवन लघुबीमा कम्पनी हो । बीमा प्राधिकरणको नियम अनुसार निर्जीवन लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मात्र बीमा गराउन पाउँछ ।
त्यसैअनुरुप नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ५० लाख भन्दा मुनिका प्रायः सबैप्रकारका बीमाहरु गरिरहेको छ । जसमध्ये बाइक, स्कुटर, निजी सवारी साधन, सार्वजनिक सवारी साधन, घर निर्माण, दुर्घटना जस्ता बीमा गरिरहेको छ ।
त्यस्तै यस माइक्रो इन्स्योरेन्सले ११ शाखामार्फत नेपालभरी लघुबीमा सेवा उपलब्ध गराइहरेको छ । १७ जना एजेन्ट रहेका यस क्राइक्रो इन्स्योरेन्स कम्पनीले ७५ हजार ६ सय १६ जना भन्दा बढी मासिनहरुको सम्पत्तिको लघुबीमा गराइसकेको छ । यस माइक्रो इन्स्योन्सले दावी भुक्तानी जतिसक्दो चाँडो गर्दै आएको छ । जसअन्तर्गत कम्पनीले एक करोड ५५ लाख रुपैयाँ बराबरको एक सय ६० वटा दावी भुक्तानी गरिसकेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १० करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार सेयर निष्कासन गर्ने अनुमापति पाएको थियो । यसै सिलसिलामा कम्पनीले केही समय अगाडि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भनेर २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर निष्कानस गरेको थियो । यो कम्पनीको सेयर निष्कासन अनुमति पाएको पुँजीको १० प्रतिशत हुन आउँछ । ठूला कम्पनीहरुको दबदबा रहेपछि माइक्रो इन्स्योरेन्समार्फत बीमा गर्दा सस्तोदरमा बीमा हुने भएकाले माइक्रो इन्स्योरेन्सतर्फ बीमा गर्नेको आकर्षण बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल बताउनुहुन्छ । नेपाल बीमा प्राधिकरणले माइक्रो इन्स्योरेन्समार्फत बीमा गर्दा दररेटमा सहुलियत दिएको छ ।
कम्पनीले आक्रामक बजार विस्तारका लागि विभिन्न माध्यमहरु अपनाएर अगाडि बढिरहेको छ । जसअन्तर्गत कम्पनीले ग्राहकसँगको सीधा सम्पर्क, बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्य, स्थानीय निकायहरुसँगको सहकार्यमार्फत गर्दै आउको छ । बीमा प्राधिकरणले ठूला कम्पनी र साना कम्पनीलाई कार्यक्षेत्र छुट्याइदिएमा काम गर्न अझ सजिलो हुने बताउनुहुन्छ प्रमुख कार्यकारी अधिकृत रिमाल । कम्पनीले लघुबीमा सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।